26 वर्षदेखि भइरहेको क्रूर दमनको अन्त्यका लागि फालुन गोंगलाई समर्थन गर्नुहोस्

समस्या
English / 中文 / Français / Deutsche / Español / Svenska / Pусский язык / Türkçe / Hrvatski / Magyar / Português / Polski / български / Italiano / Slovenský / Slovenščin / Bosanski / Српски / 日本語 / 한국어 / Tiếng Việt / ไทย / Indonesian / हिंदी / தமிழ் / ਪੰਜਾਬੀ / فارسی / עִברִית / українська
फालुन गोंग, जसलाई सामान्यतया फालुन दाफा पनि भनिन्छ, एक प्राचीन चिनियाँ आध्यात्मिक मार्ग हो। यसमा नैतिक शिक्षाहरू र पाँच सौम्य अभ्यासहरू समावेश छन् जसले स्वास्थ्य र ऊर्जा स्तर सुधार गर्नमा प्रभावकारी र फलदायक मार्ग प्रदान गर्दछ ।
अभ्यासको केन्द्रमा सत्यता, करुणा, सहनशीलता (चिनियाँमा जन् सान् रेन्) का मूल्यहरू रहेका छन्। यी कुराहरू ब्रह्माण्डका आधारभूत गुणहरू रहेको र यिनिहरूलाई दैनिक जीवनमा मार्गदर्शकको रूपमा लिनपर्ने कुरा फालुन गोंगले सिकाउँछ । निरन्तर र प्रतिबद्ध अभ्यासको माध्यमबाट फालुन गोंगका अभ्यासीहरू निःस्वार्थता, गहन अन्तर्दृष्टि र चेतना, आन्तरिक शुद्धता र सन्तुलन - अर्थात् वास्तविक स्वास्थ्यको अवस्था प्राप्त गर्ने प्रयास गर्दछन् ।
फालुन गोंगको अभ्यासले १० करोडभन्दा बढी मानिसहरूको स्वास्थ्य तथा जीवन-अवस्थामा सुधार ल्याएको छ। यसका व्यायामहरू विश्वभरका फालुन दाफा स्वयंसेवकहरूबाट नि:शुल्क सिक्न सकिन्छ ।
फालुन गोंग संसारका एक सय भन्दा बढी देशहरूमा स्वतन्त्र रूपमा अभ्यास गरिन्छ। तैपनि चीन एउटा त्यस्तो देश हो जहाँ यस अभ्यास प्रतिबन्धित मात्र होइन, यसका अभ्यासीहरू माथि व्यापक रूपमा उत्पीडन भइरहेको छ ।
२० जुलाई १९९९ मा, चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) नेता जियाङ् जेमिनले फालुन गोंगबाट हुन गएको परमपरागत आध्यात्मिक मान्यताको पुनर्जागरणलाई कम्युनिष्ट पार्टीको नास्तिक विचारधाराको प्रतिस्पर्धी र यसको लोकप्रियतालाई उनको शासन कालमा रहेको राजनीतिक नियन्त्रण विरुद्ध खतराको रूपमा हेर्दै फालुन गोंगलाई "निर्मूल" गर्न एक हिंसात्मक अभियान सुरु गरे। ।
विगत 26 वर्षदेखि, फालुन गोंग अभ्यासीहरूलाई गैरकानूनी रूपमा अपहरण गर्ने, जबरजस्ती श्रम शिविरमा पठाउने र मृत्यु पर्यन्त यातना समेत दिने काम हुँदै आइरहेको छ । फालुन गोंग विरुद्ध राज्यद्वारा सञ्चालित व्यापक घृणा प्रचार अभियानहरू मार्फत यसका अभ्यासीहरूलाई अमानवीयकरण गरियो ।
फालुन गोंग माथिको उत्पीडन अनुसन्धानका लागि विश्व संगठन (WOIPFG) ले फालुन गोंग अभ्यसी गाओ रोंगरोंगको मृत्युको बारेमा निम्नानुसार रिपोर्ट जारी गरेको छ:
“३७ वर्षीया महिला फालुन गोंग अभ्यासी गाओ रोंगरोंगको अथक यातना सहेर सन् २००५ जुन १६ मा शेनयाङ्ग शहरको चाइना मेडिकल युनिभर्सिटीबाट सम्बन्धनप्राप्त १ नम्बर अस्पतालको आकस्मिक कक्षमा मृत्यु भयो। मिङ्ग्हुई (minghui.org)का अनुसार, गाओ लिओनिङ प्रान्तको शेनयाङ सहरमा यातना दिएर मारिएका ५४ औं फालुन गोंग अभ्यासी थिए ।
उनको मृत्यु हुनु अघि, गाओलाई शेनयाङ लोंगसान श्रम शिविरमा बन्धक बनाइएको थियो, जहाँ उनको अनुहारमा 7 घण्टा बिजुलीको झटका लगाइएको थियो। गाओको विकृत अनुहारको तस्बिरले संसारलाई स्तब्ध बनायो ।
गाओको तस्बिर सार्वजनिक भएर उनको पीडा संसारलाई थाहा भएको कारण शासकवर्गले उनलाई फेरि अपहरण गरी हिरासतमा लिए । त्यस पश्चात् गाओको मृत्यु भयो । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) बाट हुने जनताको चेतना र मानवतालाई चुनौती दिने कार्यमा गाओको मामलाले प्रकाश पार्दछ" ।
गाओको मामला हिमशिलाको टुप्पो मात्र हो ।
१७ जुन २०१९, लन्डनमा, एक स्वतन्त्र न्यायाधिकरणले सर्वसम्मतिले निष्कर्ष निकाल्यो कि चीन एक "आपराधिक राज्य" हो जसले मानवता विरुद्धको अपराध गरेको छ। अन्तस्करणका कैदीहरू व्यापक मात्रामा तिनीहरूका अंगहरूका लागि मारिएका छन् र मारिने क्रम जारी छ; र फालुन गोंग अभ्यासीहरू अंग आपूर्तिको एक र सम्भवतः मुख्य-स्रोत रहेका छन् ।
फालुन गोंग विरुद्ध सीसीपीको उत्पीडन मानवता विरुद्धको अपराध हो; र एक नरसंहार हो । यो क्रूर दमन तुरुन्त रोकिनुपर्छ ।
"सत्यता, करुणा, सहनशीलता"; यी ब्रह्माण्डीय सिद्धान्तहरू हुन्; र संसारलाई यसको आवश्यकता छ ।
तपाईंको आवाजले जीवन बचाउन सक्छ ।
यस याचिकामा हस्ताक्षर गरेर, तपाईंले चीनमा फालुन गोंग अभ्यासीहरूको जीवनमा परिवर्तन ल्याउन र 26 वर्ष देखिको यातनाको अन्त्य गर्न मद्दत गर्न सक्नुहुन्छ ।
【कृपया ध्यान दिनुहोला】प्रमाणीकरण प्रक्रियाको रूपमा, Change.org पिटिशनमा आफ्नो हस्ताक्षर दर्ता गर्दा तपाईले आफ्नो इमेल ठेगाना पुष्टि गर्नुपर्छ। निम्न कारणहरूले गर्दा तपाईंको हस्ताक्षर गणना नहुन सक्छ: (१) यदि तपाईंले हस्ताक्षर गरेपछि आफ्नो इमेल ठेगाना पुष्टि गर्नुभएको छैन भने; (२) यदि एक भन्दा बढी व्यक्तिले एउटै उपकरण वा एउटै IP ठेगानाबाट साइन इन गर्ने प्रयास गरेमा। (कृपया फरक-फरक उपकरणहरू वा भिन्न Wi-Fi नेटवर्कहरू प्रयोग गरेर साइन इन गर्ने प्रयास गर्नुहोस्); (३) तपाईंको इमेल ठेगानाहरूमा जेनेरिक शब्दहरू छन् (@ को अगाडि जेनेरिक शब्दहरू वा प्रतीकहरू, जस्तै admin, info, mail, +,-, आदि) । यदि तपाईंलाई हस्ताक्षर गर्न समस्या भइरहेको छ भने कृपया help@change.org मा सम्पर्क गर्नुहोस् ।
सन्दर्भसूची:
फालुन दाफाको संक्षिप्त परिचय, falundafa.org, २ सेप्टेम्बर २०२० मा पहुँच गरिएको https://en.falundafa.org/index.html
गाओ रोंगरोंगको उत्पीडीत अनुहार https://tv.faluninfo.net/gao-rongrong-the-face-of-persecution/
फालुन गोंग अभ्यासी गाओ रोंगरोंगको हत्याको अनुसन्धान प्रतिवेदन, फालुन गोंग माथिको उत्पीडनको अनुसन्धानका लागि विश्व संगठन (WOIPFG), २ सेप्टेम्बर २०२० मा पहुँच गरिएको http://www.upholdjustice.org/node/227
चीनमा अन्तस्करणका कैदीहरूबाट बलपुर्ण अंग संकलनको उपर स्वतन्त्र न्यायाधिकरण; चीन न्यायाधिकरणबाट जारी गरिएको पूर्ण फैसला, मार्च २०२०; २ सेप्टेम्बर २०२० मा पहुँच गरिएको । https://chinatribunal.com/final-judgment/
WOIPFG अनुसन्धान(९)Uphold justice,१५ अगस्त २०२० मा प्रकाशन भएको, २ सेप्टेम्बर २०२० मा पहुँच गरिएको । https://www.youtube.com/watch?v=TW37fFosV2Y
फालुन गोंग अभ्यासीहरूलाई तीनका अंगका लागि मार्नेहरूलाई न्यायमा ल्याउँदै; चीनमा अंग लुटपाट अन्त्य गर्ने अन्तर्राष्ट्रिय गठबन्धन, २३ जुलाई २०१६ मा प्रकाशित, २ सेप्टेम्बर २०२० मा पहुँच गरिएको । https://endtransplantabuse.org/bringing-to-justice-those-who-kill-for -organs/

2,21,787

फैसला लेने वाले
पेटीशन को शेयर करें
9 फ़रवरी 2022 पर पेटीशन बनाई गई