Petition updateRevise Your New Map India! Kalapani, Lipulekh, and Limpiyadhura belongs to Nepal!अन्तर्राष्ट्रिय न्याय अदालतः नेपाल v भारत की नेपाल/भारत?
विवेकशील नेपाली दल
12 Dec 2019

बिध्यमान राष्ट्रीय अखन्डताको सवालमा लिम्पियाधुरा, लिपुलेख, कालापनि, सुस्ता लगायत करिब ६० सिमा बिवादमा करिब ६०० बर्ग किलोमिटर नेपालको अधिनमा छैन। अहिले ६०० बर्ग किलोमिटर भन्दा साना सन्सारमा १७ मुलुक छन र ति मध्य एउटा सार्क राष्ट्र माल्दिभ्स पनि हो। एउटा सिंगो राष्ट्र बराबरको भुभाग निलिसक्दा पनि अन्तराष्ट्रीयकरण गर्न नहुने अभिब्यक्ति दिने, न्यायका लागि अन्तर्राष्ट्रिय न्याय अदालत नजाने र सैँयौ पटक बिफल भैसकेका कुटनितिक पहल, उच्च-निम्न  प्रशासनिक सिमा कार्यदल कै दुहाइ दिने पक्षघात ग्रसित राजनैतिक मानसिकतामा एउटै लालसा देखिन्छ, दिल्लि दर्शन भेटको सिलसिला नटुंगियोश र सत्ता आशिर्वाद मिलिरहोस! अन्तर्राष्ट्रिय न्याय अदालत भारतको दाइजो होइन पेवा होइन! संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र अन्तर्राष्ट्रिय न्याय अदालत नजानु, अन्तराष्ट्रीयकरण नगर्नु नेपालकै स्वतन्त्र सार्वभौम अस्तित्व स्विकार नगर्नु पर्यायवाचि नबनोस।

Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X