Petition updateRevise Your New Map India! Kalapani, Lipulekh, and Limpiyadhura belongs to Nepal!#अन्तराष्ट्रीयकरण
विवेकशील नेपाली दल
Nov 13, 2019

पूर्व, पश्चिम र दक्षिणमा भारतसँगै २१ जिल्लामा ५४ स्थानमा भारतले ५९९७० हेक्टर वा ५९९.७ वर्ग किलोमिटर नेपाली क्षेत्र अतिक्रमण गरेको छ। त्यसै गरी चिनले संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्ला लगायत चारवटा जिल्लामा करीव ३६ हेक्टर वा ०.३६ वर्ग किलोमिटर जमिन अतिक्रमण गरेको छ। कुल ६०० वर्ग किलोमिटर जमिनमा हाम्रो पहुँच छैन!

६०० वर्ग किलोमिटर भन्दा कम क्षेत्रफल भएका विश्वमा कुल १७ राष्ट्रहरु छन!

१) भ्याटिकन सिटी ०.४४
२) मोनाको २.०२
३) नाउरु २१
४) टुभालु २६
५) सैन मारिनो ६१
६) लिक्टेस्टीन १६०
७) मार्शल टापु १८१
८) सेन्ट किट्स
९) मालदीब्स ३००
१०) माल्टा ३१६
११) ग्रेनेडा ३४४
१२) सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडाइन्स ३८९
१३) बार्बाडोस ४३०
१४) एन्टिगुआ र बार्बुडा ४४२
१५) सेशेल्स ४५५
१६) पलाउ ४६०
१७) एन्डोरा ४६८

१८ औ सानो राष्ट्र सेन्ट लुसिया ६१६, त्यस्तै सिन्ङापुर ७१९ वर्ग किलोमिटरका छन! दक्षिण एसिया कै माल्दिब्स भारतले अतिक्रमण भएको भए अन्तराष्ट्रीय समुदाय चुप रहन्थ्यो?

त्यसैले अन्तराष्ट्रीयकरण आवश्यक छ।

सरकारको ध्यानाकार्षण होश्!

#अन्तराष्ट्रीयकरण

भारत माथी दबाब जारी राख्न bit.ly/Kalapani पिटिसनमा हस्ताक्षर गर्नुहोश!

Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X