Petition updateGathering Name and data of victim students seeking to enter Japan for vaccine.

वैदेशिक अध्यनमा जाने सम्पूर्ण विद्यार्थीहरूको लागि खोप सम्बन्धी जानकारी।। Routine Of Japan

Routine Of JapanНепал
17 июл. 2021 г.

नमस्कार हजुर�

पेजमा थुप्रै message आएको कारणले केही दिन यता हामी व्यस्त थियौँ। २-४ दिन काे अन्तरालमा धेरै साथीहरुले भ्याक्सिन लगाइसक्नु भएकाे छ। सायद तपाइले पनि पेजमा message गरेर लगाई सक्नुभयो होला। केही हप्ता अगाडि हामीले Petition सुरु गरेका थियौं। यो सुचना सम्पूर्ण Petition सही गर्ने साथीहरूका लागि हो। सर्वप्रथम तपाईंले आफ्नो जिल्लाको जिल्ला स्वास्थ्य कार्यालयकाे Website मा गई सम्पर्क नम्बर टिपेर कल गरी बुझ्नुस् की तपाईंको जिल्लामा vaccine लगाउन सुरुभयो की नाई? भएको छ भनी तपाईंको नजिकका पर्छ त्यहाँ मिल्छ की नाई सोध्नुहोस। विदेश अध्ययनमा जाने सम्पूर्ण विद्यार्थीहरूको लागि Verocell खोप वितरण भइरहेको छ। WHO ले मान्यता दिएको खोप तपाईले कतै पाउनु भएकाे छ भने त्यहीँ लगाउँदा पनि हुन्छ। नेपालको छिमेकी चीन भएकाे हुनाले हामीलाई त्यहाँ काे खोप मिलेको हो र जापान को नजिक अमेरिका भएको हुनाले जापानमा अमेरिकी खोप प्रयोग भएको हो। खोप लगाउन जाँदा तपाइले आफ्नो COE, NOC, Citizenship र छ भने भिसा लगाएको पासपोर्ट लिएर जानुहोला। पेजमा यस सम्बन्धि विस्तृत जानकारी सहितको एउटा Video छ त्यो हेरी प्रष्ट भएर मात्र खोप लगाउन जानुहोला। Verocell काे दोश्रो मात्र काे लागि ३-४ हप्ता समय लाग्छ, त्यहीँ खोप केन्द्रमा बुझ्नुहोला। दोश्रो खोप तपाईंले प्रथम लगाएको कार्ड देखाएर जुन सुकै खोप केन्द्रमा पनि लगाउन सक्नुहुन्छ। तपाईंको साथीहरूलाई खोप सम्बन्धि जानकारी नभए सहयोग गर्नुहोला। अन्य थप जानकारी चाहिएमा Routine Of Japan मा message गर्नुहोला। हामी सधैँ तपाईहरुको साथमा छौँ।।��

Routine Of Japan

Facebook: https://www.facebook.com/rojb24/

 

 

Copy link
WhatsApp
Facebook
Nextdoor
Email
X