Jail without Bail: Violence Against Doctors in Nepal

समस्या

नेपाल चिकित्सक संघले दशकौ देखि नेपालमा चिकित्सकहरु माती भै रहेको सांघातिक हमलाहरु लाई रोक्न को लागि सरकार संग विभिन्न चरणमा वार्तार छलफल गर्दै आएको छ। यसै गरि मिति २०७४ फागुन ६ गते दिउसो जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डा. जितेन्द्र कुमार सिंह माथी उपचारको क्रममा गरिएको साघांतिक घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघले मिति २०७४ फागुन १३ गते पत्रकार सम्मेलन गरी अपराधीलाई कारवाही र बिना धरौटी जेल चलानको प्रावधान थप गर्नका लागि ध्यानाकर्षण गराइएको थियो । तर आजको दिनसम्म नेपाल सरकारबाट कुनै पनि ठोस कदम अगाडी नबढाइएकोले नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

घटनामा संलग्न दोषीहरुलाई थप कानूनी कारवाही नगरिएको अवस्थामा उक्त जिल्लामा चिकित्सकहरु गई शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने परिस्थिति सिर्जना नभएको व्यहोरा विदितै छ । त्यसैले स्वास्थ्य सेवा प्रवाहका लागि खटिएको अवस्थामा, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी हातपात गर्ने, स्वास्थ्य संस्था तोडफोड गर्ने जस्ता अपराधिक मानसिकता बोकेकाहरुलाई बिना धरौटी जेल चलान को प्रावधान थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ यथासिघ्र कार्यान्वयन गराउन नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरुलाई आजैको मितिदेखि लागू हुने गरी १ हप्ताभित्र सम्पूर्ण चिकित्सकहरुको हस्ताक्षर संकलन गरी संघको केन्द्रीय कार्यालयमा पठाउनु हुन अनुरोध गरिएको छ साथै Online Petition को पनि व्यवस्था गरिएको छ।

संघको केन्द्रीय कार्यालयमा देशैभरीका चिकित्सकहरुको हस्ताक्षर तथा Online Petition हस्ताक्षर सकलन गरी सम्माननीय प्रधानमन्त्रीज्यूलाई बुझाई चिकित्सक, स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुले दिनप्रतिदिन असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको अवस्थाका बारेमा गम्भिर ध्यानाकर्षण गराउने कार्यक्रम तय गरिएको व्यहोरा सूचित गरिन्छ । साथै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई समय सापेक्ष परिमार्जन गर्दै विधि र विधान बमोजिम सुरक्षित वातावरणमा चिकित्सकीय सेवा प्रवाह गर्ने परिस्थिति सिर्जना नगरिएको खण्डमा नेपाल चिकित्सक संघ अन्य विरोधका कार्यक्रमहरु देशैभरी संचालन गर्न बाध्य हुने व्यहोरा समेत जानकारी गराइन्छ।

कृपया यस Online Petition मा हस्ताक्षर गरि, नेपालका सम्पूर्ण चिकिसक हरु भय रहित वातावरणमा काम गर्ने वातावरण बनाउन सरकारलाई आवहान गरौ।

धन्यवाद।

--
नेपाल चिकित्सक संघ
Facebook Page

avatar of the starter
Nepal Medical Associationपेटीशन स्टार्टर
यह पेटीशन 3,047 हस्ताक्षर जुट गई

फैसला लेने वाले

Ministry of Health, Government of Nepal
Ministry of Health, Government of Nepal
Ministry of Home Affairs, Government of Nepal

Ministry of Law Justice and Parliamentary Affairs, Government of Nepal

पेटीशन अपडेट

पेटीशन को शेयर करें

6 मार्च 2018 पर पेटीशन बनाई गई