विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुहोस्

Recent signers:
shreejal Ghimire and 19 others have signed recently.

The Issue

Stand with Nepalese living in Abroad, We deserve the right to Vote.

नेपालको संविधान २०७२ को धारा ८४ (प्रतिनिधि सभा गठन) तथा धारा १७(२) (समान अधिकार) अनुसार प्रत्येक नेपाली नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गरिएको छ। तर हालसम्म विदेशमा रहेका लाखौँ नेपाली नागरिकहरूलाई मतदान गर्ने अवसर उपलब्ध गराइएको छैन।

सर्वोच्च अदालतले पनि सन् २०१८ मा आदेश दिइसकेको छ कि सरकारले विदेशमा रहेका नागरिकका लागि मतदान प्रणालीको व्यवस्था गर्नुपर्छ। तर सरकार र निर्वाचन आयोगले अझैसम्म यो अधिकार लागू गरेको छैन।

हामीले विदेशमा रहेर पनि आफ्नो स्थानवाट योगदान पुर्‍याइरहेका छौँ , यस्तो अवस्थामा हामीलाई मतदान अधिकारबाट वञ्चित गर्नु संविधान विपरीत मात्र नभई अन्यायपूर्ण पनि हो।

हाम्रो माग:

  • आगामी निर्वाचनदेखि नै विदेशमा रहेका नेपालीलाई मतदान गर्न सक्ने व्यवस्था गरियोस्।
  • दूतावास/वाणिज्य दूतावासमार्फत, पोस्टल वा अनलाइन मतदान प्रणाली तत्काल लागू गरियोस्।
  • निर्वाचन आयोगले स्पष्ट विधि र प्रक्रिया तत्काल सार्वजनिक गरोस्।

 👉 हामी सबै नेपाली नागरिक, चाहे नेपालमा होस् वा विदेशमा, समान अधिकारको आधारमा मतदान गर्न पाउनुपर्छ।

avatar of the starter
Bishal KCPetition Starter

46

Petition Updates