नयाँ मूलधारको निर्माणः जेन-जी जनआन्दोलनको साझा ऐक्यबद्धता घोषणा

The Issue

२०८२ साल भाद्र २३ गतेदेखि, जेन-जीको नेतृत्वमा शुरू भएको जनआन्दोलन केवल एउटा राजनीतिक तरङ्ग मात्र थिएन; हाम्रो देशको अन्तर्मनको प्रबल धड्कन थियो।  अन्याय, कुसाशन र भ्रष्टाचारले थिचेको आत्माले फेरि एकपटक आफ्नो अस्तित्वलाई सम्झाउँदै उभिएको क्षण थियो । राष्ट्र केवल भूमि र सीमारेखा मात्र होइन, यो हरेक नागरिकको चेतनामा बसिरहेको अमर आत्मा हो, जसले इतिहासलाई आकार दिन्छ र भविष्यको पथ प्रकाशमान बनाउँछ । सहादत प्राप्त गरेका वीरहरूको सपना, उनीहरूको सङ्‌घर्ष र अटल प्रतिबद्धता नै राष्ट्रको वास्तविक आत्मा हो । वीर शहिदहरूको बलिदानलाई आदर गर्दै, हामी प्रत्येक नागरिक न्याय, नैतिकता, स्वतन्त्रता, स्थायित्व तथा संवैधानिक मूल्यमान्यताहरूको रक्षा गर्नका लागि जिम्मेवार रहनुपर्ने समय आएको छ ।

अतः आज मिति २०८२/०७/१८ गते, निम्न बमोजिमका साझा ऐक्यबद्धता व्यक्त गर्दै, परिवर्तित समय र जनताको उदत्त आकाङ्‍क्षालाई हृदयमा बोकी, निम्नानुसार माग गर्दछौँ । 

(१)  राष्ट्रपतिसँग सम्झौता  

जेन-जी जनआन्दोलनमार्फत प्रकट जनआकाङ्‍क्षालाई तत्काल सम्बोधन नगर्दा प्राप्त उपलब्धि गुम्न सक्ने अवस्था रहेकाले, आन्दोलनरत पक्ष र नेपालको राष्ट्रपतिबीच यथाशीघ्र लिखित सम्झौता गर्न अपरिहार्य छ । 

(२)  आन्दोलनकारीको सुरक्षा र दोषीलाई कारवाही

जेन-जी जनआन्दोलनमा सहभागी व्यक्तिहरूलाई फौजदारी कानूनको साँघुरो दृष्टिकोणबाट मात्र नहेरी, जनआन्दोलनको मर्म र दृष्टिकोणबाट न्यायिक प्रक्रिया अवलम्बन गर्न र आन्दोलनकारीलाई अनावश्यक थुना, अभियोजन वा त्रासबाट मुक्त गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ।

(३)  नयाँ राजनीतिक शक्तिको एकता 

नयाँ सोच र नयाँ आशा बोकेका जेनजीलगायत वैकल्पिक शक्ति मानिएका दल र नेताहरू एकअर्कालाई स्विकार्न नसकी, छुट्टाछुट्टै बाटोमा लाग्दा जनताको विश्वास फेरि कमजोर बन्दै गएको छ । हामीलाई मूलधार भनिएका पुरानै दलहरूबाट फेरि शासित हुनु छैन र पुन: निराशाको चक्रमा फर्किनु छैन । त्यसैले अब सबै वैकल्पिक शक्ति र जेन्जीका अगुवाहरू आफ्ना व्यक्तिगत वा सामूहिक हठ र स्वार्थ त्यागेर एउटै साझा मोर्चामा आएर छिन्नभिन्न रूपमा नभई एक मात्र सशक्त मूलधारको राजनीतिक शक्ति निर्माण गर्न जोडदार आह्वान गर्दछौँ ।

(४)  विदेशमा रहने नेपालीहरूको मतदान, बेजिल्ला मतदान र नो भोटिङ सहितको निर्वाचन 

विदेशमा रहेका नेपाली नागरिकको मताधिकार र सहभागिता सुनिश्चत गर्ने गरी बेजिल्ला मतदान गर्न मिल्ने गरी प्रविधि मैत्री निर्वाचन (i-voting, EVM) व्यवस्थासहितको मतदान प्रक्रिया सुनिश्चित गर्न सरकारसँग माग गर्दछौँ । साथै निर्वचानमा मतदाताहरूलाई "नो भोट" कोसमेत अधिकार प्रदान गर्ने गरी आवश्यक व्यवस्था गर्न आग्रह गर्दछौँ  ।

पुराना दलहरूले निम्त्याएको अस्थिरता, भ्रष्टाचार र अन्यायको चक्रलाई अब तोड्नैपर्छ । यो समय नेपालको राजनीतिक कुसंस्कारलाई जरैदेखि उखेलेर, सभ्य राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर पनि हो । यस ऐतिहासिक मोडमा अधिकतम युवा नेतृत्वलाई आधारस्तम्भ बनाइ, सेवाभाव, योग्यतातन्त्र र समावेशी लोकतन्त्रमा आधारित नयाँ राज्य व्यवस्थाको विकास गर्नु अपरिहार्य देखिएको छ।

यो ऐतिहासिक राष्ट्रको आत्मालाई पुनः प्रज्वलित गर्ने चेतनात्मक यात्रा अब शुरू गर्नैपर्ने बाध्यता रहेको बोध हामीले गरेका छौँ । तसर्थ सङ्‍कल्पित नयाँ मूलधारको राजनीतिक शक्ति निर्माणका लागि सुशासनको पथमा अग्रसर देशभक्त नागरिकहरूलाई समेटी बृहत् एकता अभियान निर्माण गर्ने काम शुरू गरिएको छ। 

हाल निम्न बमोजिमका व्यक्तिहरूले यस अभियानलाई समर्थन गर्दै थप समर्थनको लागि बृहत हस्ताक्षर संकलन गर्ने घोषणा गर्दछौँ।

1

Support now

1

Petition updates