अब त अति भयो सरकार !! हामी वीर गोर्खाली हौं, अब देखाऔँ।

अब त अति भयो सरकार !! हामी वीर गोर्खाली हौं, अब देखाऔँ।

0 have signed. Let’s get to 100!
At 100 signatures, this petition is more likely to be featured in recommendations!
नेपाली नागरिक started this petition to Nepali citizen and

सबैलाई नमस्कार ।

संसारभर महामारिका रुपमा फैलिरहेको कोभिड–१९ का कारण यतिबेला संसारका अधिकांश देश जस्तै हामी पनि लकडाउनमा छौँ । लकडाउनमा बस्न थालेको साढे २ महिना भइसक्यो । थाहा छैन, यो लकडाउन अझै कति पर धकेलिने छ ।

यो लकडाउन हामी नेपालीहरुका लागि धेरै गाह्रो भयो । हामीले यस बीचमा धेरै कुराको सामना गर्नु परेको छ । कोरानाको जोखिम त छँदैछ, आफ्नै देशको सरकारबाट पनि धेरै घात भएको छ हामीलाई । जसले आफ्ना नागरिकलाई सुरक्षा दिनु पर्ने हो ऊ आफैँ आफ्नै अनेकन लफडामा अल्झिरहेको छ । यो सरकारले जनतालाई लकडाउनमा राखेर जस्तो किसिमको काम गरेको छ, त्यसले मलाई आफु नेपाली हुँ भन्न पनि लाज लाग्न थालेको छ ।

नेपालको जीवन संघर्षपुर्ण छ, यो हामी सबैलाई थाहा छ । हामीले नेपालमा जति संघर्ष गर्छौँ, यनि नै मिहिनेत कुनै अन्य देशमा गरेको भए अहिले हामीसँग धेरै कुरा हुन सक्थ्यो । तर, हामीलाई देशको माटोको मायाले त्यस्तो गर्न दिँदैन । महाकवि लक्ष्मी प्रसाद देवकोटाले भने जस्तै हामी साग र सिस्नो खाएरै भए पनि यहीँ देशमा रमाउन चाहन्छौं ।

म सँगै पढेका धेरै साथीहरु पढ्न र आफ्नो भविष्य खोज्नका लागि बाहिर गए । मलाई पनि जाने सोच नआएको होइन, तर म भित्रको राष्ट्रियताले त्यो सोचलाई सधैं जितिह्यो । म जे गर्छु नेपालमै गर्छु भन्ने लागेर यहीँ बसेँ र आफ्नो पढाई सँगसँगै काम गर्न थालेँ ।

तर, आज जीवनमा मलाई पहिलो पटक आफु नेपाली भएकोमा दुःख लागिरहेको छ । नेपाल जस्तो देशमा जन्मिनु परेकामा र अवसर पाईदा पनि देश छाडेर नगएकोमा पछुतो लागिरहेको छ । सरकारका काम र रबैया हेर्दा हेर्दा म थाकी सकेँ । म आज देशको अवस्था देखेर निरीह भएको छु । म विक्षिप्त छु ।

                         

यो लकडाउनले धेरै कुरा सिकायो । एउटा भाइरसले संसारलाई यो अवस्थामा पुर्याइ देला भनेर मैले मात्रै होइन, कसैले पनि कल्पनासमेत गरेको थिएन होला । मान्छेको जीवन यति अनिश्चित रहेछ भन्ने कुरा योभन्दा पहिला कहिल्यै यसरी अनुभुति गरेको थिइनँ । तर, त्योभन्दा पनि आश्चर्य तुल्याउने कुरा के अर्कौ छ । त्यो नेपाल सरकार । नेपाल सरकार त कोरोनाभन्दा पनि खतरनाक रहेछ, नेपालको राजनीति त भाइरसभन्दा पनि घातक रहेछ ।

त्यसो त नेपाली राजनीति साह्रै फोहोरी छ भन्ने यस अघि थाहा नभएको होइन । तर, यति फोहोरी होला भन्ने चाहिँ कल्पनासमेत गरेको थिइनँ ।

लकडाउन सुरु भएपछि मेरो कामै घरमा बसेर नेपाल लगायत संसारभर भइरहेका घटनाबारे खोजखबर गर्ने भयो । कुन देशले कोरोनाविररुद्ध लड्न के कस्ता रणनीति अपनाइरहेको छ, कसरी संक्रमितहरुको उपचार गरिरहेको छ भनेर बुझ्थेँ । अनि हाम्रो सरकारले पनि त्यसै गरे हुन्छ र त्यस्तै केही गर्छ होला भनेर आशा गर्थेँ ।

तर, बिस्तारै थाहा पाउँदै गएँ, म त भ्रममा पो रहेछु । बिस्तारै थाहा पाउँदै गएँ, हाम्रो देशमा त सरकारै छैन रहेछ । बिस्तारै बुझ्दै गएँ, हाम्रा अधिकांश नेताहरु त भ्रष्टाचारी रहेछन् । नेताहरु कतिसम्म भ्रष्टाचारी रहेछन् भने कोरोना जाँच गर्ने किट्स खरिद गर्दासमेत भ्रष्टाचार गर्छन् । नागरिकहरु कोरोनासँग जुधिरहेका बेला हाम्रो सरकार भ्रष्टाचार गर्नमा लिन छन् । सरकारका हरेक नेता र निकयहरु भ्रष्टाचारमा यसरी डुबेका छन् कि उनीहरुलाई देशमा के भइरहेको छ भन्ने पनि बिर्सिएका छन् । उनीहरु नेपाल र नेपालीको स्वास्थ्य अवस्थाबारे पुर्ण रुपमा बेखबरजस्तै छन् ।

कोरोना महामारीलाई परास्त गर्न सबै पार्टीका नेताहरु एकै ठाउँमा आउनु पर्ने बेला उनीहरु एकअर्कालाई आरोप प्रत्यारोप खेलमा मग्न छन् ।

निकै आशा गरिएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कतिसम्म गरे भने आफ्नो सत्ता जोगाउन राष्ट्रपतिलाई प्रयोग गरेर रातारात अध्यादेश ल्याए । मलाई त्यो दिन नेपालका नेताहरु कितसम्म तुक्ष छन् भन्ने कुराको आभाष भएको थियो । जति जति म नेपाली राजनीतिबारे बुझ्दै जाँदैछु, मलाई उति उति पिडा हुन थाल्दै छ।

म सोचमग्न हुन्छु– एउटा नेताले कसरी यस्तो गर्न सक्छ, कसरी ऊ यति संवेदनशील हुन सक्छ?

के यिनीहरुसँग नेपाल र नेपालीलाई माया गर्ने मन छैन? हामीले कस्ता प्रतिनिधिलाई भोट दिएर पठाएछौं? ए बाबा, देशमा महामारी फैलिरहेका बेला कसरी एउटा नेताले नै यस्तो गर्न सक्छ?

यस्ता प्रश्न सोच्दा सोच्दा म पागल हुन्छु । म बेलाबेला के पनि सोच्छु भने, सोच्छु के राजनीति यस्तै हुन्छ? कतै नेताहरुको कामै लुट्ने त होइन?

जेसुकै होस्, मेरो नैतिकता, मेरो विवेक, मेरो धर्म, म भित्रको मानवले भन्छ– जे भइरहेको छ त्यो एकदमै गलत भइरहेको छ । म भलै राजनीति धेरै नबुझुलाँ तर मानवता बुझ्छु । हाम्रो सरकारले आफ्नो नागरिकसँग जस्तो गरिरहेको छ त्यस्तो त एउटा शत्रुले पनि आफ्नो शत्रुलाई गर्दैन होला । कमसेकम, यस्तो महामारीको बेला गर्दैन होला । सहयोगै नगरे पनि लुट्ने काम चाहिँ गर्दैन होला ।

जनतालाई लकडाउनमा राखेर सरकार जनतालाई लुट्न लागि परेको छ । एक गाँस खान नपाएर गरिब जनताहरु मरिरहेका छन्, तर हाम्रा सरकारलाई आफ्नो पद जोगाउनु र भ्रष्टाचार गर्नबाट फुर्सद छैन । जनतालाई कहिले केमा कहिले के मा अल्झाएर सरकार जनतालाई लुटिरहेको छ ।

जनतालाई नक्शा र सिमानाको कुरामा अल्झाएर यो सरकार भ्रष्टाचार गरिरहेको छ । लुटतन्त्र मच्याइरहेको छ । यो सरकार जनतालाई कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमामा अल्झाएर आफुले गरेको अनियमिता ढाक्न खोज्यो । सरकारले अन्ततः भारतको दबाबमा आएर कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको सार्वजनिक गरेको नक्शा संसादमा पास गराउन सकेन ।

सरकारले एउटा कुरा मात्रै नियमित गरिरहेको छ, त्यो हो– लकडाउन थप्ने । सरकार जसरी लकडाउन पटक पटक थपिरहेको छ, त्यसलाई हेर्दा लाग्छ, सरकारले लकडाउन थप्नु बाहेक केही जानेकै छैन, त्यो बाहेक केही सुनेकै छैन ।

एक्काइसौँ शताब्दिमा आएर पनि कसैलाई जातकै करण मारिन्छ । घटनाको निपक्ष्य छानविन अगाडि बढाउनुको साटो देशमा गृह मन्त्री उल्टै भन्छन्– अमेरिका जस्तो देशमा त विभेद छ । मन्त्री ज्यु, जातका आधारमा मान्छेले मारिनु स्वभाविक हो?

नराम्रो कुराको उदाहरण दिनु पर्यो भने हाम्रा नेताहरु यो देशमा यस्ता, त्यो देशमा उस्तो छ भनेर उदाहरण दिन्छन् । तर, राम्रो कामको उदाहरण दिनु पर्यो भने उनीहरु कहिल्यै भन्दैनन्– अमेरिकामा सुशासन छ, त्यहाँका नेताहरु एकदमै इमान्दार छन्, त्यहाँका नेताहरु आफ्नो देशलाई एकदमै माया गर्छन् ।

आफुलाई विद्धवान भन्ने अर्थमन्त्री चाहिँ मलखाद, विद्युतिय सवारी साधन, पुस्तक जस्ता कुरामा भन्सार र कर लगाउँछन् । सरकारी स्कुलको स्तरोन्नतिको जिम्मा निजी स्कुललाई दिन्छन् । कति लाज मर्दो कुरा हो यो । सुन्दा पनि लाज लाग्छ ।

मजदुर खान नपाएर मरिरहेका बेला हाम्रो राष्ट्रपतिलाई करोडौं पर्ने गलौँचा फेर्नु परेको छ । मन्त्रीलाई जीमखाना बनाउनु परेको छ । र, त्यसको भार जनताको थाप्लोमा थोपरि दिएका छन्, नेताहरुले । साढे दुई महिनादेखि आफ्नो व्यावसाय बन्द गरेर बसेर चिचिन्त जनतलाई यति दिनभित्र कर तिर पनि उर्दी जारी गरेको छ यो सरकारले । राहात दिनु पर्ने बेलामा सरकारले कसरी जनतालाई तिर्न लगाउन सक्छ? यो कहाँको कायदा हो?

यो सरकारले लकडाउन अवधिभरमा मात्रै यति नराम्रा काम गरेका छन् कि ती सबै नराम्रा काम बारे चर्चा गर्न थाल्ने हो भने दिनै बित्छ ।

यो सरकारका काम बारे जति सच्यो, उति रिस बढ्दै जान्छ ।

त्यसैले हामीले यो देशको रक्षा गर्न अब बोल्नै पर्ने हुन्छ । अहिले पनि बोलेनौं भने पछि बोल्नलाई ढिलो भइसकेको हुनेछ ।

म यो भिडियो मार्फत सबै मेरा साथीभाई, दिदीबहिनी तथा मेरा अग्रजमा यो अनुरोध गर्छ कि अब हामी सबै बोलौं । हामीले अहिलेसम्म नेपाललाई डेरा सोच्यौं, घर कहिल्यै सोचेनौँ । हामीले आफ्नो देशलाई आफ्नैँ घर सम्झेर नबोल्दासम्म यो देश माथि जान सक्दैन ।

नेताहरुलाई त यो देशको चिन्ता छैन । उनीहरुसँग संसारको जुनसुकै देशमा गएर बस्न सक्ने पैसा छ । उनीहरुले जीवनभर भ्रष्टाचार गरेर कमाएको पैसा उनीहरुलाई पर्याप्त हुन्छ । उनीहरुलाई यो देशको माया नै छैन । त्यसैले, अब पनि यो देश नेताहरुले बनाउँलान् भनेर पर्खेर बस्नु हाम्रो मुर्खाता हुनेछ । उनीहरुले त पाउँदासम्म लुट्नेछन् ।

हामीलाई यदि देशको माया छ भने हामी आफैँले यो देशको रक्षा गर्नु पर्छ । नेताहरु बोलि देलान् र देश बँच्ला भनेर पर्खियौ भने हाम्रा देशको नामोनिसान पनि रहने छैन ।

अब त अति भयो । अब त जाग्नै पर्छ । अब त बोल्नै पर्छ ।

I will not explain this petition more as I believe everyone already knows what the hell is happening in this Country. If not, keep that entertainment to the side for a while and watch the news. Let’s see how many people are willing to speak up against this shameless Government. Don't get tricked into seeing the border issues only, as they are trying their best to just suck more from all of you. Speak up to your right, to your family, to your freedom.

As we have many people, they all have experienced something unfair from this Government, not only unfair, very unfair. This is our country, our home, and we also want to have a sustainable life, not only them. If this still goes on our future generations will have to be their slaves. As, for this petition, everyone is affected by this corruption one way or another. Everybody has had their share of unfair corruption so, let's speak up.

Those with courage lets speak up, and give courage to them who are still scared to speak up. Yes, there may be mistakes in this writing but instead of complaining and pointing out errors, understand the feeling, understand the point.
 
 

0 have signed. Let’s get to 100!
At 100 signatures, this petition is more likely to be featured in recommendations!