Deport Ranjit Ray Indian Ambassador for Nepal & declare as "PERSONA NON GRATA" in Nepal.

Recent news

This is not the first time !

नमस्कार, भारतीय राजदुतले नेपालको आन्तरिक राजनैतिक मामिलामा भन्दा कुटनैतिक मामिलामा दुई देश बीचको सम्बन्ध सुधारका लागि सहभागी भएमा नेपालको लागि भलाई हुने थियो भन्ने कुरामा हामी बिश्वास राख्दछौ । हालैका केही दिन देखि भारतीय कुटनैतिक नियोगबाट अधिकांस नेपालीहरुको चाहाना बिपरित गतिविधिहरु हुन थालेकाले भारतीय राजदुत र भारतले नेपाल प्रती यस्ता गतिविधिहरु तुरुन्तै बन्द गर्न र गराउने उद्देश्यले हस्ताक्षर संकलन अभियान संचालन गरिएको कुरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छौ । यो अभियान कुटनैतिक माध्यम वा सम्बन्धमा जटिलता थाप्ने नभई भारतसंगको सम्बन्धमा कुटनैतिक माध्यमबाटै अझ सुधार गर्न जरुरत देखिएकोले सर्वसाधारणको धारणा प्रस्तुत गर्ने उद्देश्यले थालिएको कुरा तपाईंहरु समक्ष अवगत गराउन चाहन्छौ । यसमा तपाईं लगायत, तपाईं सङ्लग्न संस्था बाट सकारात्मक सहयोगको अपेक्षा गर्दै petition लाई अझै प्रभावकारी बनाउन तपाईंको भुमिका महत्त्वपूर्ण हुने बिश्वासका साथ यसलाई सपोर्ट, कमेन्ट् र शेयर गरिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछौं । यो सानो प्रयास र तपाईंहरुको सहयोगले भबिस्यमा महत्त्वपूर्ण भुमिका खेल्न सक्छ भन्ने कुरामा हामी बिश्वास राख्दछौ । धन्यवाद गणेश खड्का एभरेष्ट गौतम

Ganesh Khadka
4 years ago