Petition Closed

Raising Ethnic Minorities Concerns to Hong Kong Chief Executive, Ms Carrie Lam

This petition had 7 supporters


श्रीमती क्यारी ल्याम चेंग युट-न्गोर

हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी

मनोनीत प्रमुख कार्यकारीको कार्यालय

९ तल्ला, च्याम्पियन टावर, ३ गार्डेन रोड,

सेन्ट्रल, हङकङ |

२८ जुन, २०१७

आदरणिय श्रीमती क्यारी ल्याम,

कार्यविन्त जातिय सद-भाव हातेमालो – अल्पसंख्यक जातिय जनसाधारण सभामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा !

हाम्रो यस महा-नगरको सम्वृद्धि बनाई रहनको लागि सम्पूर्ण नागरिकहरुको राष्ट्रियता, वर्ग, सिद्धान्त, र सामाजिक स्थितीलाई ध्यानमा नराखि सबैको नागरिक अधिकारलाई संरक्षण र समर्थन गर्न आवश्यक छ | हामी अल्पसंख्यक जातिय जनसाधारण समूहले यस हङकङलाई हाम्रो घरको रुपमा लिन्छौ र हाम्रा बाल-बच्चाहरुको उज्वल भविष्य र सुव्यवस्थित जीवनको अपेक्षा राख्दछौ | तै पनि, हामी यस “बहुसांस्कृतिक नगर” का केहि अँध्यारो पाटाहरुलाई यहाँ प्रकाश पार्न चाहन्छौं, जहाँ हामी प्राय जसो ऋणशोधनक्षमतामा निरुत्साहित छौ र यद्यपि, सरकारले गरिबी निवारणका लागि विभिन्न राहत तथा सहायता योजनाहरु प्रवाह गर्ने प्रयास गरे तापनि हाम्रो आशाहरु प्रति आघात पुगेका छन् |

सायद तपाई पनि यस चिन्ताजनक तथ्यांक बारे जानकार हुनुहुन्छ होला! हङकङको जिआइएनआइ (GINI) गुणांक २००६ सालमा ०.५३३ थियो, जुन संसारको सबै भन्दा उच्चतम आँकडा हो | फेरी पनि २०११ सालमा यो बढेर ०.५४ मा पुग्यो, धनि र गरिब बिचको सम्पन्ता अझै फराकिलो भयो | यस बाहेक, १६.६% बेरोजगार दर गरिब अल्पसंख्यक जातिय परिवारमा बाल-बच्चा सहित (कुल ११.१%) जुन आपतिजनक तथ्यांक थियो | हाम्रो गरिबी दर तिब्र रुपमा बढेर ३०.८% मा पुग्यो र नीति व्यवधान पछि पनि कुल १६.२% मा पुग्यो |  प्राय जसो हामी हङकङमा आधा शताब्दी भन्दा बढि बसोबास गर्दै आइरहेका छौ र उपनिवेश कालमा प्रहरी, ब्यपारी अथवा सैनिकको रुपमा कार्यरत थियौ | कोहि लामो समय र कडा मजदुरी गर्दथे र पनि जिवन अहिले भन्दा पहिले सरल थियो किन कि घर भाडा र खर्चहरु सर्व-मान्य स्थरमा हुन्थियो |

यद्यपि, केहि वर्षयता असमान भाषा प्रणाली र शिक्षा नीतिका कारणले गर्दा हाम्रा बाल-बच्चाहरुको स्तरीय शिक्षा र रोजगार अवसरहरुमा बाधा परिरहेको छ | नागरिक सेवा विभागद्वारा लागू गरेको समायादेश माग अन्तर्गत समायोजित चिनिया प्रविणताको कारणले जन-सेवा गर्ने हाम्रो अभिलाषालाई संकुचित बनाएको छ | यस्ता सामाजिक प्रवाहले जातिय पक्षपात र विभेदलाई बढाई रहेको छ | टरबान, हिजाब र दाह्री भएकाहरु रोजगार दाताका नजरमा निराधार बिरुपित, फोहोरीको प्रतिरुप, अस्वास्थकर र अव्यवसयिक मानिन्छन् र यि व्यक्तिहरुलाई केवल “३डी” कामको लागि सुविचारित गरिन्छ – जुन फोहोरी, खतरापूर्ण, र हीनताबोध गराउने खालका हुन्छन् |

हामी आत्मनिर्भरताको आधारमा आफ्नो गुजारा चलाउन संघर्ष गरिरहेका छौ | हामी निन्दनीय अवस्थामा पनि लामो घण्टा सम्म न्युन ज्यालामा काम गर्न हिच्किचाउदैनउ | फेरी पनि, रोजगार पाउनु कठिन संघर्ष भएको छ | पहिलो कुरा श्रम विभागमा रोजगार सम्बन्धित सूचना तथा जानकारी चिनिया भाषामा लेखिएका हुन्छन् | अग्रपन्तिमा रहेका कर्मचारी र रोजगार अधिकृतहरुले हाम्रो शिक्षा, पृष्टभूमि, योग्यता र कौशलतालाई ध्यान नदिकन “३डी” कामहरु नियमित देखाउने गर्दछन् र हामी रोजगार दाता संग आफै सम्पर्क गर्नु पर्ने हुन्छ वा पुन:तालिम कार्यक्रमहरुमा आवद्व हुन निर्देशन दिन्छन् |

कुनै पनि सरकारी सहायता बिना, अल्पसंख्यक जातिहरुले काम खोज्न जाँदा रोजगार दाताहरुबाट अनेक अकल्पनीय वा हास्यास्पद कारणहरुबाट बहिष्करण खेप्ने गर्दछन् | केहि उदाहरणहरु –

“हामी रेष्टुरेन्ट हौ, त्यसैले सरसफाई चाहि अत्यन्त महत्वपूर्ण हुन्छ” (आवेदक पाकिस्तानी हो भनेर थाहा पाएपछि), “हाम्रो मर्मत केन्द्रमा सुरक्षा संकेतहरु चिनिया भाषामा मात्र लेखिन्छ त्यसैले आवेदक चिनिया भाषा पढ्न र लेख्न सक्ने हुनु पर्दछ” एक ठुलो संस्थाको मानव संसाधन कर्मचारीले भनेको जहाँ सबै द्विभाषिक विराम चिन्हहरु र स्मार्टफोन उपयोग हुन्छ |

यस्ता क्रमबद्व समस्याहरु माथि सरकारसंग सहकार्य गर्ने उदेश्यका साथ हामीले केहि वर्ष यता देखि आफ्नो अवस्था र चाहनाहरुलाई विभिन्न माध्यमबाट बारम्बार आवाज उठाई रहेका छौ | यद्यपि, हाम्रो निराशापन झनै थपिन्छ जब विभागका अग्रपन्तिमा रहेका कर्मचारीद्वारा सांस्कृतिक संवेदनशीलतालाई वास्ता नगरी तुच्छतापूर्ण आधिकारिक प्रतिक्रिया दिन्छन् | उनिहरुले प्रदान गर्ने सेवा र हामीले अनुवभ गरेको वास्तविकता आधिकारिक सिद्धान्त भन्दा विपरित छन् |

हामी यति मात्र चाहन्छौ कि एउटा उचित रोजगार होस् जसकारण हाम्रो परिवारको गुजारा गर्न सजिलो होस् | हामी हङकङको अंग स्वरूप हाम्रो प्रतिभा, पेशा र अनुवभलाई उत्कर्ष गराउन चाहन्छौ | हाम्रो यस सभामा तपाई प्रमुख कार्यकारीको रुपमा उपस्थिति जनाई दिनु भएमा, हामी आफुलाई सौभाग्यशाली नठानी रन सक्दैनउ | हाम्रो मुख्य उदेश्य भनेको हामीले माया गर्ने यस शहरमा हाम्रो लागि प्रतिस्पर्धा, निर्माण र सहयोगका अवसरहरु बारे छलफल गर्नु हो | हामीले आशा गरेका छौ कि यो पूरा हुनेछ | तपाईको प्रसंसनिय प्रतिज्ञालाई अवसरको खोजिमा कार्यन्वयन गरि अल्पसंख्यक जातिहरुको लागि उचित व्यवस्थापन विभागको स्थापना गर्ने, जुन हाम्रो पहिलेको सभा ३ मार्च २०१७ मा प्रमुख कार्यकारी निर्वाचन फोरममा भएको थियो |

सोधपुछ र अन्य जानकारीको लागि कृपया हाम्रो प्रोग्राम अफिसर लि का सु लाई kashu@hkccla.org.hk वा २३५१ ६३३३ मा सम्पर्क गर्नु होला!

तपाईको भावपूर्ण,

ए.आई.एम. समूह (अल्पसंख्यक जातिहरुको लागि रोजगार सम्बन्धित समूह)

सरकारी सेवाहरु प्रति समान उपागमनको लागि हङकङ अल्पसंख्यक जाति सम्बन्धित समूह



Today: Diocesan Pastoral Center for Workers-Kowloon is counting on you

Diocesan Pastoral Center for Workers-Kowloon needs your help with “Chief Executive of Hong Kong: Raising Ethnic Minorities Concerns to Hong Kong Chief Executive, Ms Carrie Lam”. Join Diocesan Pastoral Center for Workers-Kowloon and 6 supporters today.