Petition Closed

सल्यानको सुन्दर भुमी कपुरकोटलाई जोगाऔ अभियान !

This petition had 23 supporters


PHOTO CREDIT : KULDIP NYAUPANE 

PETITION CREDIT : DHURVA RAJ OLI 

Kapurkot,the gateway to Salyan,21 km North of Tulsipur, the zonal headquarter of Rapti, on the Tulsipur- Salyan road has one of the country’s busiest markets from where fresh fruits and vegetables are dispatched to many cities of the country. The National Ginger Research Centre also located here. Kapurkot is also Renowned as the commercial place of Salyan District & also famous for its moderate climate for living.

हाम्रो महत्वपूर्ण भुमी कपुरकोट !

  • - तरकारीको केन्द्र !
  • - सल्यानको ब्यापारीक केन्द्र मध्यको एक केन्द्र !
  • - सल्यान प्रबेश गर्दा सुरुमै पर्ने ठुलो बजार/केन्द्र !!
  • - यहाँ देशकै दोश्रो ठुलो तरकारी संकलन केन्द्र ( बेमौसमी तरकारी ) समेत अबस्थित छ । १५ हजार किसानहरु आबद्द रहेको कृषि उपज केन्द्रबाट मात्रै ४००० मेट्रिक टन जती तरकारी बाहिर निर्यात हुने गर्दछ । जसबाट जिल्लामा करीब २५ करोड जती रकम भित्रिने गर्दछ ।
  • - यहाँ राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्र पनि अबस्थित छ ।
  • सल्यान र रोल्पाका १२ वटा गाबिसको केन्द्र !

आदरनिय समस्त सल्यानी महानुभावहरु हाम्रो महत्वपूर्ण भुमी यतीबेला संकटमा छ । पहिरोको उच्च जोखिममा छ । तसर्थ हामीहरु सबैले भद्र रुपमा सरकारलाई यस बारेमा दबाब दिनु पर्छ । एक जना , दुई जना हुँदै सबै सल्यानीको फेसबुकमा यस्तै दबाबमुलक कुराहरु राख्यौ,सेयर गर्यौ भने कतै न कतैबाट हाम्रो पिडा सुनुवाई होस । आउनुहोस यस पेटीसनमा सहभागी बनेर सरकारलाई भद्र रुपमा दबाब दिऔ - डिजीटल माध्यमबाटै !


पहिरोले क्षेती पुर्याएको स्थानका केही तस्बिरहरु हेर्नुहोस् हाम्रो महत्वपूर्ण भुमी कपुरकोटमा पहिरोले पुर्याएका समस्याहरुका तस्बिरहरु । यो लिङ्क क्लिक गर्नुहोला । https://www.facebook.com/DRdhurva/posts/1312010115531768?pnref=story

अब हामी एकजुट हुने बेला आइसकेको छ ।
एक सेयर गरौ र सामाजिक सन्जालमा भद्र रुपमा दबाद दिऔ ।
चुनाव सकिएसी भद्र रुपमै हाम्रा जनप्रतिनिधीहरुलाई यस बारेमा घचघच्याइ राखौ ।
र त्यसपछी पनि हाम्रो भुमी कपुरकोट प्रती सरकारी चासो गएन भने कपुरकोट बासीको अगुवाइमा हामी समस्त सल्यानीहरुले दबाबमुलक हस्ताक्षर अभियान चलाउने छौ र सिंहदरबारमा गएर प्रधानमन्त्री समक्ष डेलीगेसन बुझाउने छौ ।

.......................................................

कपुरकोट बजार नेपालकै उच्च पहिरोको जोखिममा रहेको स्थान हो । यहाँका बासिन्दाहरु पहिरोको सन्त्रासमा बसिरहेका छन ।  यस्तो महत्वपूर्ण भुमी यतीबेला भौगोलिक संकटमा छ । यहाँको जमिन बर्सेनी डेढ देखी २ मिटरको हिसाबमा भास्सीरहेको छ । घरहरु भास्सिदा हालसम्म ५० बढी परीवारहरु बिस्तापित नै भइसकेका छन । आकाशमा कालो बादल मडारीन थालेसँगै कपुरकोटबासिको मनमा पनि बादल लाग्ने गर्दछ । अली दर्केर पानी पर्दिने हो भने यहाँका बासीन्दाहरु त्रासले रातभर निदाउन सक्दैनन । त्रासमा बस्न वाध्य हुन्छन । बर्खामा आज हो कि भोली हो भन्ने त्रासमा बस्छन स्थानियहरु । समयमै ख्याल नदिए सिङ्गो बजारको नै अस्तित्व मेटिन सक्छ ।

कपुरकोटलाई बचाउन सरकारकै मुख ताक्नु पर्ने देखिएको छ । किनकी यसको समाधानका निम्ती लार्ज स्केलमा सरकारले बजेट छुट्ट्याउनु पर्छ । यसको निम्ती सरकारलाई भद्र रुपमा दबाद दिऔ । एउटा आँफैमा महत्वपूर्ण भुमी यसरी संकटमा रहदा हामी सल्यानका अन्य ठाउँमा बासीन्दाहरुलाई पनि चित्त दुखेको छ । सरकार लगाएत अन्य निकायको यथासिघ्र ध्यान जाओस । यदी समयमा ध्यान दिइने होइन र यस्तै हेलचक्राइ गरियो भने कपुरकोट बजार त भासिन्छ नै । यसले दाङको तुल्सिपुरको भविस्यमा पनि त्यती राम्रो सन्केत गर्दैन । किनकी त्यो थुम्को यदी झर्ने हो भने यो पातुखोलाकै मुहानमा झर्छ सुरुमा ।

Prevention Is Better Than cure "
पूर्व साबधानी अपनाऔ ।


सरकार हाम्रो जिल्लाको एउटा महत्वपूर्ण भुमी संकटमा छ ! अब बचेँको जती भुभागलाई जोगाइदिनुस् । त्यसपछी यस भुमीले बुटवल देखी सुदुरपस्चिमका बजारमा मात्रै नभएर सिङ्गो देशैभरी ताजा ताजा तरकारी निर्यात गर्न सक्षम हुने छ ।
हामीले गर्न सक्ने भनेकै भद्र दबाब दिने हो सरकारलाई र सरोकारवालाहरुलाई । यसको निम्ती यि भिडियोहरु खोलेर हेर्दिनु हुन अनुरोध । हेरेसी चिन्तन मनन गरौ र यो भिडियो सेयर गरी सरकारको कानसम्म पुर्याइ भद्र पाराको दबाद दिन पनि आग्रह ।
भिडियो सौजन्य : निराजन खनाल
भिडियोको लिन्क :
For Facebook : https://www.facebook.com/salyandrishtikon/videos/1110202799124560/?pnref=story
For Youtube :
https://www.youtube.com/watch?v=vMAgk72ex0Y&t=361s



Today: SALYAN DRISTHTIKON is counting on you

SALYAN DRISTHTIKON needs your help with “सल्यानको सुन्दर भुमी कपुरकोटलाई जोगाऔ अभियान !”. Join SALYAN DRISTHTIKON and 22 supporters today.