सर्वसाधारणमाथि बम प्रहार बन्द गरौँ !

0 व्यक्ति ने हसताकषर गये। 1,50,000 हसताकषर जुटाएं!


English

सर्वसाधारणमाथि गरिने बम प्रहार युद्ध होईन, अपराध हो ! 
सर्वसाधारण माथि बम प्रहार बिरुद्धको यस संस्थाद्वारा संचालित अभियानमा सहभागी बन्न र यो अन्तर्राष्ट्रिय अपिलमा ऐक्यबद्धता जनाउन अनुरोध छ । हामी नेपाल सरकार र अन्य राष्ट्रहरुबाट यसका बिरुद्ध कदम चालियोस् भनी माग राख्न सामर्थ्य छौं ।

के का लागि ?
हालका दिनहरूमा सिरिया, इराक र यमन जस्ता देशहरूका केही गाउँ, शहर र ईलाकाहरू पूर्णरुपमा युद्धक्षेत्र बनेका छन् । घना मानवबस्ती भएका क्षेत्रहरूमा शक्तिशाली तथा विस्फोटक हतियारहरूको गलत प्रयोगले नागरिक हत्यामा वृद्धि भएको छ। यो अभ्यास अन्तर्राष्ट्रिय कानून र जेनेभा महासन्धीको मर्म विपरित छ । मानवबस्तीहरुमा ९२ प्रतिशत सर्वसाधारणहरु; महिला, पुरुष र निर्दोष बालबालिका बम प्रहारको अनाहक रूपमा शिकार भैरहेका छन् । हरेक दिन ९० जना सर्वसाधारणहरूले ज्यान गुमाई रहेका छन् । जुन कुरा असह्य छ ।

हाम्रो लक्ष्य : दश लाख हस्ताक्षर 
तपाईंको हस्ताक्षर नागरिक सुरक्षाको लडाइँमा एक महत्वपूर्ण हतियार हो । सन् १९९७ मा हामी एकजुट भएर एन्टी पर्सनल माइन्स र सन् २००८ मा क्लस्टर म्युनिसनका बिरुद्ध प्रतिबन्ध गराउन सफल भयौं । मानवबस्तीमा हुने अन्धाधुन्ध बम प्रहार र यसको हुने विनाशकारी असरबाट सर्वसाधारणलाई बचाउन हामी सक्छौं र आजै बाट लागि परौँ । 

 हामी नेपाल सरकार र अन्य राष्ट्रहरुलाई निम्न अपिल गर्दछौं :

- सर्वसाधारण माथि हुने बमप्रहारको भर्त्सना गरौँ !

- मानवबस्तीमा विस्फोटक हतियार प्रयोगको अन्त्य गरौँ !

- पीडितलाई सहयोग पुर्याउन र छरिएका बम तथा विस्फोटक पदार्थहरूलाई प्रभावित क्षेत्रबाट हटाई बिस्फोट मुक्त बनाऊँ !



आज — Handicap International / Humanity & Inclusion आप पर भरोसा कर रहे हैं

Handicap International / Humanity & Inclusion से "सर्वसाधारणमाथि बम प्रहार बन्द गरौँ !" के साथ आपकी सहायता की आवश्यकता है। Handicap International / Humanity & Inclusion और 1,13,145 और समर्थक आज से जुड़ें।